प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोगका पदाधिकारीसँग आज छलफल गर्ने

निर्वाचन आचारसंहिताका विषयमा छलफलका लागि प्रधानमन्त्रीले बोलाएको उनको सचिवालयले जनाएको छ ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Prime Minister to hold discussions with ministers and Election Commission officials today

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्ने भएकी छन् ।

आजै बालुवाटारमा मन्त्रीसहित आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । 

‘निर्वाचन आचारसंहिता लागू हुने समय भयो । आचारसंहिता कहिले देखि लागू गर्ने र  सरकारले केके गर्नुहुन्छ र केके गर्नुहुँदैन भनेर आयोगका पदाधिकारीले ब्रिफिङ गर्ने कार्यक्रम हाे,’ रावलले भने, ‘त्यसबाहेक निर्वाचन वा मनाेनयनको मिति सार्ने विषय भने होइन ।’ 

निर्वाचन आयोगले यही माघको पहिलो साताबाट निर्वाचन आचारसंहिता कार्यान्वयनमा आउने तयारी गरेको छ । करिब एक महिनाअघि निर्वाचन आचारस‌ंहिता लागू गर्नुपर्ने भएकाले सरकारले छलफल गर्न लागेको हो ।

कांग्रेसको आन्तरिक विवादपछि शेरबहादुर देउवा समूहले आइतबार नै सर्वोच्चमा रिट निवेदन दिएको छ भने निर्वाचन आयोगमा पुगेर माघ ६ गतेको मनोनयन दर्ता समय सार्न  माग गरेको छ ।

कान्तिपुर

Link copied successfully