कान्तिपुरकर्मी तामाङलाई ‘इप्पान जर्नो अवार्ड’

कान्तिपुर मिडिया ग्रुपमा कार्यरत तामाङ जलविद्युत्‌लगायत समग्र आर्थिक विषयमा कलम चलाउँछिन् ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Kantipur journalist Tamang receives 'Ippan Journal Award'

काठमाडौँ — कान्तिपुरकर्मी सीमा तामाङ ‘इप्पान जर्नो अवार्ड २०८२’ बाट सम्मानित भएकी छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले २६औं वार्षिकोत्सवको अवसरमा तामाङलाई उक्त अवार्डबाट सम्मान गरेको हो । कान्तिपुर मिडिया ग्रुपमा कार्यरत तामाङ जलविद्युत्‌लगायत समग्र आर्थिक विषयमा कलम चलाउँछिन् ।

‘ऊर्जा क्षेत्रमा उत्कृष्ट समाचार सम्प्रेषण गरी नेपालमा ऊर्जा पत्रकारितामार्फत यस क्षेत्रको विकासमा उल्लेखनीत योगदान पुर्‍याउनुभएकामा यस स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को २६औं वार्षिकोत्सवको अवसरमा यहाँलाई कदरपत्र सहित ‘इप्पान जर्नो अवार्ड २०८२’ द्वारा सम्मान गरिएको छ,’ सम्मानपत्रमा भनिएको छ ।

इप्पानले यसै वर्षदेखि उक्त अवार्ड दिन सुरु गरेको हो । तामाङसँगै नयाँ पत्रिकामा कार्यरत मिलन विश्वकर्मा पनि उक्त अवार्डबाट सम्मानित भएका छन् । उक्त पुरस्कारको राशी जनही ५१ हजार रुपैयाँ रहेको छ ।

उक्त अवार्ड अब हरेक वर्ष प्रदान गर्ने इप्पानले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully