आयोगको निर्णयविरुद्ध कानुनी र संवैधानिक लडाइँ लड्ने देउवा समूहको निर्णय

कांग्रेस पार्टी कार्यालय सानेपामा पूर्वसभापति शेरबहादुर देउवापक्षीय नेताहरु सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

Deuba group's decision to fight legal and constitutional battle against the commission's decision

काठमाडौँ — कांग्रेसको विघटित केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र संवैधानिक उपचारका लागि अघि बढ्ने निर्णय गरेको छ । 

कांग्रेस पार्टी कार्यालय सानेपामा पूर्वसभापति शेरबहादुर देउवापक्षीय नेताहरु सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।

पूर्वउपसभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा शेखर कोइराला र उनीपक्षीय नेताहरुको समेत उपस्थिति रहेको थियो । ‘निर्वाचन आयोगको निर्णय पार्टीको विधान र संविधानविपरीत भएकाले यसको कानुनी उपचार खोज्ने निर्णय भएको छ,’ बैठकपछि पूर्वप्रवक्ता प्रकाशशरण महतले भने,‘राजनीतिक रुपमा समेत प्रतिवाद गरेर जाने निर्णय भएको छ ।’

बैठकमा रमेश लेखक, कृष्ण सिटौला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता पनि सहभागी थिए ।

निर्वाचन आयोगले कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई नै शुक्रबार वैधानिकता दिइसकेको छ ।

कान्तिपुर

Link copied successfully