किन रोकियो नेपाल चिकित्सक संघको निर्वाचन ?

पाटन उच्च अदालतले यथास्थितिमा निर्वाचन नगर्न अन्तिम आदेश जारी गरेको थियो ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Why were the elections of the Nepal Medical Association postponed?

काठमाडौँ — नेपाल चिकित्सक सङ्घको निर्वाचन स्थगित भएको छ ।

सङ्घले आज एक विज्ञप्ति जारी गरी पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई समेत मध्यनजर गर्दै पूर्वनिधारित तालिकाअनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको हो । 

प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले यस सम्बन्धमा निर्वाचन समितिबाट यथाशीघ्र अर्को सूचना जारी गरी निर्वाचन कार्यक्रमसम्बन्धी नयाँ तालिका सार्वजनिक गरिने बताए ।

सङ्घको निर्वाचन काठमाडौँ उपत्यकाबाहिर माघ २ र ३ गते हुने भनिएको थियो । काठमाडौंँ उपत्यकाभित्र माघ १५, १६ र १७ मा हुने गरी निधारित गरिएको थियो । 

केही समयअघि डा अजयकुमार मिश्रले दायर गरेको रिटमा पाटन उच्च अदालतले यथास्थितिमा निर्वाचन नगर्न अन्तिम आदेश जारी गरेको थियो । 

कान्तिपुर

Link copied successfully