टाउकोमा कालोपट्टी बाँधेर किन प्रधानमन्त्री कार्यालय पुगे जेन-जी सहिद परिवार ?

मन्त्रिपरिषद्‌ले निर्णय गरे पनि जीवन निर्वाह भत्ताको रकम निकासा हुने कानुनी प्रक्रिया अघि नबढेको उनीहरूको गुनासो छ ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Why did the family of the Gen-G martyrs reach the Prime Minister's Office with a black band around their heads?

काठमाडौँ — जेन-जी सहिद परिवार यतिबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार अगाडि टाउकोमा कालोपट्टी बाँधेर धर्नामा छन् ।

सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । उनीहरुको मुख्य माग मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्‌को निर्णय तत्काल कार्यान्वयन होओस् भन्ने छ ।

विभिन्न मन्त्रालय धाइरहनुपरेपछि बाध्य भएर प्रधानमन्त्री कार्यालयमै धर्ना बस्नुपरेको जेन-जी सहिद परिवार कल्याणकारी समाज समितिका सचिव रोशन गौतम बताउँछन् । 'यता र उता मन्त्रालय दौडिनु मात्रै भयो। फाइल बोकेर हिँड्ने अवस्था आएपछि हामीले यहीँ प्रधानमन्त्री कार्यालयमा धर्ना बस्ने निर्णय गरेका हौँ,' उनले भने।

Why did the family of the Gen-G martyrs reach the Prime Minister's Office with a black band around their heads?

करिब २० जनाजति सहिद परिवारका सदस्य धर्नामा सहभागी छन् । मन्त्रिपरिषद्‌ले निर्णय गरे पनि अहिलेसम्म जीवन निर्वाह भत्ताको रकम निकासा हुने कानुनी प्रक्रिया अघि नबढेको उनीहरूको गुनासो छ ।

Why did the family of the Gen-G martyrs reach the Prime Minister's Office with a black band around their heads?

सहिद परिवारहरूले निर्णय तत्काल कार्यान्वयन नभए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्। 

Why did the family of the Gen-G martyrs reach the Prime Minister's Office with a black band around their heads?

तस्बिरहरू : दीपेन श्रेष्ठ/कान्तिपुर

कान्तिपुर संवाददाता

Link copied successfully