रविको सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय वेबसाइटबाटै हटाइयो

यसबारे बुझ्न खोज्दा महान्यायाधिवक्ता कार्यालयले यसअघि त्रुटी भएकाले सच्चाएर अपलोड गरिने दाबी गरेको छ ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Attorney General's decision to amend Ravi's money laundering case removed from website

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन महान्यायाधिवक्ता सबिता भण्डारीले बुधबार गरेको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ ।

महान्यायाधिवक्ता भण्डारीले लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको निर्णय फिर्ता लिने निर्णय गरेपछि वेबसाइटको सूचनामा 'सहकारी ठगी सम्बन्धमा भएको निर्णय' शीर्षकमा 'टिप्पणी र आदेश' उल्लेख थियो । तर उक्त फाइल शुक्रबार हटाइएको छ । 

शुक्रबार भण्डारीले लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा जीबी राईसहित सबै प्रतिवादीको मुद्दा फिर्ता लिने निर्णय गरेपछि उक्त फाइल हटाइएको हो । लामिछानेको हकमा मात्र निर्णय गरेको र अरुको हकमा अन्याय भएको भनेपछि महान्यायाधीवक्ताले पुन: निर्णय गरेकी थिइन् । यसबारे सोध्न खोज्दा महान्यायाधिवक्ता कार्यालयले यसअघि त्रुटी भएकाले सच्चाएर अपलोड गरिने दाबी गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully