अभिलेख अद्यावधिक गराउन विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसको नयाँ कार्यसमिति आयोगमा

विशेष महाधविशेनबाट मंगलबार निर्वाचित सभापति गगन थापा नेतृत्वमा टोली आयोग पुगेको हो ।

माघ १, २०८२

कान्तिपुर संवाददाता

The new working committee of the Nepali Congress, elected by the special general convention, has been appointed to the commission to update records.

काठमाडौँ — अभिलेख अद्यावधिकका लागि कांग्रेसको नयाँ कार्यसमिति निर्वाचन आयोगमा पुगेको छ ।

विशेष महाधविशेनबाट बुधबार राति निर्वाचित सभापति गगन थापा नेतृत्वमा टोली आयोग पुगेको हो । 

टोलीमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत छन् । आज बिहान बसेको बैठकले आयोगमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो । 

पहिलो बैठकबाट आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारी लगायतका विविध विषयमा छलफल  भएको थियो । पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कागजात अद्यावधिक गर्ने लगायतका कार्यका लागि समितिले निर्वाचन आयोगमा आज निवेदन दिनेछ । उनीहरुले दलको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएको र नयाँ नेतृत्व पनि चयन गरेको जानकारी गराउनेछन् । 

आयोगले निवेदन स्वीकार गरेर अद्यावधिक गरेमा यो कार्यसमिति नै वैधानिक रुपमा नेपाली कांग्रेस हुनेछ । 

कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा मंगलबार राति पदाधिकारी र केन्द्रीय समिति सर्वसम्मत चयन गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully