विशेष महाधिवेशनपछिको कांग्रेस बैठक: थापाको नेतृत्वमा घोषणा पत्र समिति, निर्वाचन परिचालनको नेतृत्व शर्मालाई

विशेष महाधिवेशनपछि बिहीबार ललितपुरस्थित एक होटलमा बसेको केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो।

माघ १, २०८२

कान्तिपुर संवाददाता

Congress meeting after special general convention: Manifesto committee led by Thapa, election mobilization led by Sharma

काठमाडौँ — विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको घोषणा पत्र निर्माणका लागि थापाको नेतृत्वमा घोषणा पत्र निर्माण समिति बनाएको छ।

बिहीबार ललितपुरस्थित एक होटलमा बसेको केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुलाई बैठकका निर्णय सुनाउँदै थापा नेतृत्वको कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको घोषणा पत्र निर्माणका लागि सभापति थापाको अध्यक्षतामा समिति निर्माण गर्ने निर्णय भएको जानकारी दिए।

उनकाअनुसार बैठकले निर्वाचनलाई केन्द्रित गरेर देशभरका पार्टी पंक्तिलाई सक्रियतापूर्वक परिचालन गर्न निर्वाचन परिचालन समिति निर्माण गर्ने निर्णय गरेको छ।

निर्वाचन परिचालन समितिको नेतृत्व उपसभापति विश्वप्रकाश शर्मालाई दिइएको छ। पार्टीको दोस्रो विशेष महाधिवेशनपछि विगतको अभिलेखलाई आवधिक गर्ने कामका लागि पनि तयारी भइरहेको बताए। निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूची संशोधन र अपडेट गर्ने निर्णय भएको पनि उनले बताए। बैठकले विशेष महाधिवेशनमा आएका कार्यकर्तालाई धन्यवादसमेत व्यक्त गरेको छ । 

कान्तिपुर

Link copied successfully