बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले शाहीको नाम सिफारिस गरेको जिल्ला उप–सभापति रिमबहादुर शर्माले बताए ।
रुकुम पश्चिम — आसन्न प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमले प्रत्यक्षतर्फको उम्मेदवारको टुंगो लगाएको छ । पार्टीका जिल्ला सभापतिसमेत रहेका मानबहादुर शाहीलाई उम्मेदवारका लागि सिफारिस गरेको हो ।
बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले शाहीको नाम सिफारिस गरेको जिल्ला उप–सभापति रिमबहादुर शर्माले बताए ।
‘पेसाले इन्जिनियर रहेका शाहीलाई हाम्रो पार्टीले उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको छ । अब हामी आचारसिंहिताभित्र रहेर जनताको घर–दैलोमा मत माग्न जानेछौं,’ उनले भने ।
जिल्लामा क्रियाशील रहेका अन्य दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र नेकपा माओवादी लगायत दलले यसअघि नै उम्मेदवार सिफारिस गरिसकेका छन् ।
