विश्वप्रकाश शर्माको प्रश्न - कांग्रेस एकढिक्का बनाएर चुनावमा जाऔं भन्नु गलत हो ?

शर्माले विधिमा आधारित बलियो कांग्रेस बनाउने प्रस्ताव गर्दा कारबाहीमा परेको खबर सुनेको बताए ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Question from Bishwaprakash Sharma - Is it wrong to say that we should unite the Congress and go to the elections?

काठमाडौँ — कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता विश्वप्रकाश शर्माले पार्टी एक ढिक्का बनाउन कांग्रेस सभापति शेरबहादुर देउवालाई नेतृत्व छाड्न आग्रह गर्नु गलत नभएको बताएका छन् । 

भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशन हलमा सम्बोधन गर्दै उनले विधिमा आधारित बलियो कांग्रेस बनाउने प्रस्ताव गर्दा कारबाहीमा परेको खबर सुनेको बताए ।

‘आगामी निर्वाचनमा कांग्रेस एकढिक्का भएर जानुपर्छ । सभापति छोड्दा सिंगो कांग्रेस एक भएर जान्छ भन्नु गलत हो ? नेपाली कांग्रेस अरु दलसँग नमिली १६५ मा उम्मेदवार उठाउने कुरा गलत हो ?’ उनले देउवापक्षलाई प्रश्न गरे, ‘कांग्रेस आगामी निर्वाचनमा एकढिक्का १६५ ठाउँमा उभिएर रुख चिह्नमा भोट हाल्नुपर्छ भन्यौ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाऔं भन्नु गलत हो ? कांग्रेस बनाऔं, विधि बनाएर जाऔं भन्दा कारबाहीमा पर्नुपर्ने हो ?’

शर्माले अब हलले जे निर्णय गर्छ त्यो नै पार्टीको निर्णय हुने बताए । उनले देउवा पक्षले आफूहरूलाई कारबाही गरेको निर्णयको प्रसंग झिक्दै भने, ‘उहाँहरूलाई जे लाग्यो त्यही गर्नुभयो । बाँकी कुरा यो हलले गर्छ । हलले जे निर्णय गर्छ त्यो नेपाली कांग्रेसको निर्णय हुन्छ ।’ 

उनले अहिलेको परिस्थितिबाट नेपाली कांग्रेसलाई उभार्ने दाबीसमेत गरे ।

कान्तिपुर

Link copied successfully