कांग्रेसमा नयाँ नेतृत्व छान्न मतदान आजै, यस्तो छ निर्वाचन तालिका

निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मनोनयन दर्ता र मतदानका विस्तृत कार्यतालिका सार्वजनिक गर्दै महाधिवेशन निर्वाचन प्रक्रिया अगाडि बढाएको छ ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Voting to elect new leadership in Congress today, here is the election schedule

काठमाडौँ — भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। 

विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्तासम्मका प्रक्रिया सुरु भएका छन्।

केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो। कार्यक्रमअनुसार १२:३० देखि प्रथम मतदाता नामावली प्रकाशन गरिएको छ । दिउँसो १२:३० देखि १:३० बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध र सो उपर छानबिन गरिनेछ। त्यसपछि अपराह्न २ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुने र २ देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ।

निर्वाचन कार्यतालिकाअनुसार आज नै उम्मेदवारहरूको नेपाली वर्णानुक्रम (देवनागरिक लिपिमा) अनुसार पहिलो नामावली प्रकाशन गरिनेछ । उम्मेदवारीमाथि दाबी–विरोध र त्यसको छानबिन सम्पन्न भएपछि उम्मेदवारी फिर्ता लिने समय दिइने र अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेछ।

निर्वाचन समितिका अनुसार साँझ ७ बजेसम्म दाबी विरोधमाथि छानबिन हुनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ८:४५ बजे हुनेछ ।

राति ९ बजेदेखि मतदानको समयतालिका निर्धारण गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र मतगणना सकिएलगत्तै निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।

विशेष महाधिवेशनमा नेतृत्व चयनतिर अघि बढेपछि संस्थापन पक्षका नेताहरु पनि सक्रिय छलफलमा जुटेका छन् ।

Voting to elect new leadership in Congress today, here is the election schedule

Voting to elect new leadership in Congress today, here is the election schedule

कान्तिपुर

Link copied successfully