विशेष महाधिवेशन पक्षधरको प्रस्ताव लिएर देउवा निवास पुगे संस्थानपक्षीय नेता

वार्तामा सहभागी गुरुराज घिमिरेले आफूहरुले राखेका प्रस्तावमा संस्थापन पक्ष सकारात्मक देखिएको बताए ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Institutional leaders reach Deuba residence with proposal for special general convention

काठमाडौँ — विशेष महाधिवेशनबाट सहमति खोज्न लाजिम्पाटमा जारी वार्ता केही घण्टाका लागि स्थगित भएको छ ।

विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच वार्ता जारी थियो । सो क्रममा विशेष महाधिवेशन  पक्षले राखेका प्रस्तावहरुका बारे जानकारी गराउन रमेश लेखक, बालकृष्ण खाण लगायतका नेता सभापति देउवा निवास महारागन्जतिर लागेका छन् ।

वार्तामा सहभागी गुरुराज घिमिरेले आफूहरुले राखेका प्रस्तावमा संस्थापन पक्ष सकारात्मक देखिएको बताए । 'मान्ने अवस्था आएमा सहमतिको विन्दु जुट्न सक्छ,' उनले भने ।

वार्तामा महामन्त्रीद्वयले विशेष महाधिवेशनले पारित गरेका नीति तथा कार्यक्रमको स्वामित्व समग्र पार्टीले लिनुपर्ने, २९ असोजको केन्द्रीय कार्यसमिति बैठकमा आफैंले घोषणा गरेजस्तै देउवा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुनुपर्ने, निर्वाचन आयोगमा उम्मेदवारले बुझाउने टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर हुनुपर्ने र देउवा स्वयंले पनि यसपालिको निर्वाचन नलड्ने घोषणा गर्नुपर्ने ‘बटमलाइन’ प्रस्तुत गरिएको थियो ।

कान्तिपुर

Link copied successfully