सिमलतालमा दुर्घटनामा परेको गणपति डिलक्सको बस डेढ वर्षपछि भेटियो

उत्खननको तेस्रो दिनमा डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेका दुई बसमध्ये गणपति डिलक्सको बस नै रहेको पुष्टि भएको हो ।

पुस २९, २०८२

राजु चौधरी

Ganapati Deluxe bus found after one and a half years in Simaltal accident

What you should know

चितवन — डेढ वर्षअघि चितवनको भरतपुर–२९, सिमलतालस्थित त्रिशूली नदीमा हराएका दुई वटा बसमध्ये एउटा गणपति डिलक्सको बस फेला परेको छ ।

आइतबार बिहान बसको अवशेष फेला परेपछि उत्खननको सुरु गरिएको थियो । उत्खननको तेस्रो दिनमा डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको हो । तीन दिनदेखि निरन्तर उत्खनन गर्दा मंगलबार सशस्त्र प्रहरी बलको टोलीले गणपति डिलक्स रहेको फला पारेको हो । खोजी कार्यमा खटिएका सशस्त्र प्रहरी हवल्दार ललितबहादुर काम्चाले उत्खनन् गर्दा गणपति डिलक्स लेखिएको भाग फेला परेको कान्तिपुरलाई जानकारी दिए । उनले अझै उत्खनन कार्य भइरहेको बताए । 

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गणपति डिलक्स नै रहेको पुष्टि भएपछि खोजी कार्यलाई थप निरन्तरता दिइने बताए । 

Ganapati Deluxe bus found after one and a half years in Simaltal accident

२०८१ असार २८ गते बिहानपख काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए । अरु सबै बससँगै बगेका थिए ।

Ganapati Deluxe bus found after one and a half years in Simaltal accident

दुर्घटनामा परेकामध्ये केहीको मात्रै शव फेला परेको थियो । बस र यात्रु खोज्न नेपाली सेना र सशस्त्रका गोताखोरसहित वाटर ड्रोन (सोनार) तथा प्रहरीसहित खोजीमा पाँच सय सुरक्षाकर्मी खटिएका थिए । सरकारले थप खोजीका लागि भारतबाट उच्च प्रविधिसहितको गोताखोरसमेत ल्याएको थियो । तर बस फेला पर्न सकेको थिएन । 

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully