नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार ठमेलको ज्याठास्थित एक रेस्टुराँबाट उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौँ — कल बाइपासमा संलग्न ७ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार ठमेलको ज्याठास्थित एक रेस्टुराँबाट उनीहरूलाई पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार चिनियाँ नागरिकहरू ३३ वर्षीय लिउ पान, ३१ वर्षीय गाओ झिकुन, ४१ वर्षीय लिउ जियानवेई, ४१ वर्षकै दु शुआङसेङ, ३८ वर्षका पेङ काङ, ४९ वर्षका चाई झिचिङ र ४२ वर्षका झाङ हाओ छन् ।
नेपाल टेलिकम र एनसेलको समन्वयमा सीआईबीले मंगलबार ज्याठास्थित चिनियाँ नागरिक लिउ पानले सञ्चालन गरेको रेस्टुराँमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । रेस्टुराँलाई सेल्टर बनाएर चिनियाँ गिरोहले कल कलबाइपास गरेको खुलेको हो । उनीहरूमाथि सीआईबीले अनुसन्धान अघि बढाएको छ ।