मानव बेचविखनविरुद्ध राष्ट्रिय नीति स्वीकृत गर्नेसहित यी हुन् मन्त्रिपरिषद्‌का ६ निर्णय

बैठकले वित्तीय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

These are the 6 decisions of the Council of Ministers, including approving the national policy against human trafficking.

काठमाडौँ — मन्त्रिपरिषद्‌को सोमबारको बैठकले मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्नेसहित ६ वटा निर्णय गरेको छ ।

बैठकले वित्तीय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने  निर्णय पनि गरेको छ । त्यस्तै माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने  निर्णय गरेकाे छ । 

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकासकेन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने पनि मन्त्रिपरिषद्को निर्णय छ ।

२०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यस्तै, गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने सोमबारको बैठकले निर्णय गरेको छ ।

कान्तिपुर

Link copied successfully