जिल्ला विकास समितिमा सभापतिसमेत रहेका भट्ट बैतडीमा बलिया उम्मेदवार मानिन्छन् । उनी एमाले बैतडीका संस्थापक नेता पनि हुन् ।
बैतडी — आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बैतडीबाट अन्ततः परमानन्द भट्टको नाम सिफारिस गरेको छ ।
यसअघि परमानन्द भट्ट र नरेन्द्र कुँवर (विजयसुन्दर)को नाम सिफारिस गर्ने निर्णय गरे पनि दुवै उम्मेदवारले पार्टीका केन्द्रीय नेताहरूसँग बसेर छलफल गरी भट्टलाई बैतडीबाट प्रतिनिधिसभाका लागि सर्वसम्मत उम्मेदवार बनाएको नेकपा बैतडीका नेता लक्ष्मीदत्त जोशीले जानकारी दिए ।
भट्ट यसअघि एकीकृत समाजवादीमा आबद्ध थिए भने कुँवर नेकपा माओवादी केन्द्रमा आबद्ध रहेका थिए । कुँवर यसअघिको प्रतिनिधिसभा सदस्यमा बैतडीबाट नेपाली कांग्रेस र माओवादीको गठबन्धनबाट चुनाव लडेका थिए । चुनावमा एमालेका दामोदर भण्डारीसँग उनी पराजित भएका थिए ।
जिल्ला विकास समितिमा सभापतिसमेत रहेका भट्ट बैतडीमा बलिया उम्मेदवार मानिन्छन् । उनी एमाले बैतडीका संस्थापक नेता पनि हुन् ।
