दसवर्षे द्वन्द्वको समयमा पक्राउ परेकी भुलेजसहितका महिला लडाकु २०५७ चैत १७ मा गोरखा कारागारबाट सुरुङ खनेर भागेका थिए ।
गोरखा — आउँदो संसदीय निर्वाचनमा लड्न लागेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले गोरखामा ‘जेल ब्रेकर’ उमा भुजेललाई उम्मेदवारका लागि सिफारिस गरेको छ । स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज भुजेलको नाम आइतबार बसेको माओवादी जिल्ला समितिको सचिवालय बैठकले केन्द्रमा सिफारिस गरेको हो ।
गोरखा २ बाट माओवादीले भुजेलसहित केन्द्रीय सदस्य काजी गुरुङ र मजदुर नेता टेक प्रधानको नाम पनि सिफारिस गरेको छ ।
दसवर्षे द्वन्द्वको समयमा पक्राउ परेकी भुलेजसहितका महिला लडाकुले २०५७ चैत १७ मा गोरखा कारागारबाट सुरुङ खनेर भागेका थिए । अजिरकोट काफलडाँडा घर भएकी भुजेल जेल ब्रेकपछि चर्चामा रहँदै आएकी छिन् ।
त्यस्तै गोरखा १ मा जिल्ला इन्जार्ज कपिल भट्ट, अजीब पौडेल र विष्णु रिजालको नाम प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरिएको छ ।
