चितवन निकुञ्जको पश्चिम सेक्टरमा आइतबार जलपन्छी गणना हुने

पन्छी गणनाका कमान्डर एवं संरक्षणकर्मी डीबी चौधरीका अनुसार १०/१० जनाको समूहमा विभाजित भएर ५० जनाको टोली गणनामा संलग्न हुनेछ । पैदल र डुंगाबाट चराविज्ञको समूहले पन्छी गणना गर्नेछ ।

पुस २६, २०८२

नारायण शर्मा

Waterfowl census to be conducted in western sector of Chitwan National Park on Sunday

नवलपरासी — पूर्वी नवलपरासीसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा आइतबार जलपन्छी गणना गरिने भएको छ । नारायणी नदी र आसपासको सीमसार क्षेत्रमा पन्छी गणना गरिन लागेको हो ।

पन्छी गणनाका कमान्डर एवं संरक्षणकर्मी डीबी चौधरीका अनुसार १०/१० जनाको समूहमा विभाजित भएर ५० जनाको टोली गणनामा संलग्न हुनेछ । पैदल र डुंगाबाट चराविज्ञको समूहले पन्छी गणना गर्नेछ ।

यसअघिको गणनामा निकुञ्जको पश्चिम सेक्टरमा ४४ प्रजातिका पन्छी फेला परेका थिए । चितवन निकुञ्ज र आसपासको क्षेत्रमा गरिँदै आएको पन्छी गणनामा १ सय ११ प्रजातिका पन्छी फेला परेका थिए । त्यसमध्ये पश्चिम सेक्टरमा गत सालको गणनामा ३८ प्रजातिका चरा फेला परेको संरक्षणकर्मी डीबी चौधरीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा गत ३९ वर्षदेखि जलपन्छी गणना कार्य हुँदै आएको छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully