प्रलबी किवी अचार उद्यमको योजनाले जित्यो ५० हजार पुरस्कार

न फाउण्डेसन नेपालको सहयोगमा तुलसीपुर महोत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको थियो।

पुस २६, २०८२

कान्तिपुर संवाददाता

Pralabi Kiwi Pickle Enterprise's plan wins 50,000 rupees award

What you should know

काठमाडौँ — इन्नोभेसन बिजनेस आइडिया कम्पिटिसन–२०२५ को उपाधि प्रलबी किवी अचार उद्यमको योजनाले जितेको छ।

नयाँ व्यवसायिक योजना निर्माणका लागि विद्यार्थीहरूबीच आयोजना गरिएको प्रतियोगितामा घोराहीस्थित भिक्टोरीय इन्टरनेशनल कलेजका विद्यार्थी प्रसन्ना बस्नेत, लक्ष्मी पछाई र विक्रम खनालले तयार पारेको योजनाले प्रथम स्थान हासिल गरेको हो।

विजेता समूहले प्रमाणपत्रसहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उनीहरूले किवीबाट अचार उत्पादन गर्ने नवीन व्यवसायिक अवधारणा प्रस्तुत गर्दै त्यसको व्यवसायिक सम्भावनाबारे विस्तृत व्याख्या गरेका थिए।

यस्तै, ३० हजार रुपैयाँ राशिको द्वितीय पुरस्कार ग्यालेक्सन (न्यूरोकेयर) योजनाले प्राप्त गरेको छ। अटिजम भएका बालबालिकाका लागि वेब तथा मोबाइल एप विकास गर्ने उद्देश्यसहित तयार गरिएको उक्त योजनामा बालबालिकाको सिकाइ, उपचार तथा अभिभावक सहयोगलाई सहज बनाउने डिजिटल समाधान प्रस्तुत गरिएको थियो। यो योजना प्रकाश बुढा मगर, मनिष भुसाल र आकांक्षा पाठकले प्रस्तुत गरेका हुन्।

२० हजार रुपैयाँ राशिको तृतीय पुरस्कार इको टाको योजनाले प्राप्त गरेको छ। वातावरणमैत्री र दिगो खाद्य अवधारणामा आधारित उक्त योजना पुष्पा केसी र बिबिक्ष्या डिसीले तयार पारेका थिए।

युवा उद्यमशीलतालाई प्रोत्साहन गर्नुका साथै नयाँ व्यवसायिक सम्भावनाको खोजीमा यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लालबहादुर केसीले बताए। ग्रीन फाउण्डेसन नेपालको सहयोगमा तुलसीपुर महोत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा १७ वटा समूहको सहभागिता रहेको थियो।

कान्तिपुर

Link copied successfully