दुबईबाट चार्टर विमानमार्फत काठमाडौं आएका थिए संजय दत्त

दुबईबाट चार्टर विमानमार्फत काठमाडौं आएका दत्त मुम्बई फर्किँदैछन् ।

पुस २५, २०८२

सुरज कुँवर

Sanjay Dutt had arrived in Kathmandu from Dubai via a charter flight.

What you should know

काठमाडौँ — चिनियाँ लगानीमा काठमाडौंको ठमेलमा सञ्चालित क्यासिनो उद्घाटन गर्न विहीबार दुबईबाट चार्टर विमानमार्फत काठमाडौं आइपुगेका बलिउड अभिनेता संजय दत्त शुक्रबार त्यही विमानमा मुम्बई फर्किँदैछन्।

उनी शुक्रबार बिहान साढे ११ बजे फर्किने कार्यक्रम थियो। तर ढिलाइ भएका कारण दिउँसो साढे १ बजेका लागि समय सारिएको छ। दत्तको यो यात्रा भारतको भीभीआईपी फ्लाइट प्रालि सर्भिसले संयोजन गरेको हो भने नेपालमा चार्टर उडानको अनुमति सौरभ ट्राभल एन्ड टुरले लिएको हो। उक्त चार्टर विमान अमेरिकी कम्पनी रायन एभिएसन इंकको स्वामित्वमा रहेको छ। यो क्यानाडाली विमान निर्माता बोम्बार्डियरद्वारा विकास गरिएको ठूलो क्याबिन भएको व्यावसायिक जेट विमान हो ।

Sanjay Dutt had arrived in Kathmandu from Dubai via a charter flight.

सौरभ ट्राभल एन्ड टुरतर्फबाट चार्टर व्यवस्थापन गरिरहेका एक कर्मचारीका अनुसार संजय दत्त र उनका एक सहयोगी गरी जम्मा दुई जना यात्रु लिएर चार्टर विमान बिहीबार दुबईस्थित अल मक्तूम अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको थियो। यो विमान शुक्रबार दिउँसो १ बजेर ३० मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलतर्फ फर्किनेछ। फर्किने क्रममा भने थप ६ जना यात्रु पनि सवार हुने स्रोतले जनाएको छ।

Sanjay Dutt had arrived in Kathmandu from Dubai via a charter flight.

संजय दत्त काठमाडौंको ठमेल प्रवेश गर्ने मुख्य चोकमा अवस्थित बराही काठमाडौं होटलमा रहेको ओम बादशाह प्रालि क्यासिनोको कार्यक्रममा सहभागी हुन आएका हुन्। क्यासिनोको पहिलो सफ्ट ओपनिङ सन् अक्टोबर ८ मा सम्पन्न भइसकेको थियो। यो ठमेलको छायाँ सेन्टरमा चिनियाँ लगानीमा सञ्चालन भइरहेको क्यासिनो वाल्डोको लगानीमा सञ्चालित छ। क्यासिनो वाल्डो नेपालकै प्रमुख गेमिङ गन्तव्यमध्ये एक मानिन्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार संजय दत्तले आगमनका क्रममा सीआईपी (कमर्शियल इम्पोर्टेन्ट पर्सन) टर्मिनल प्रयोग गरेका थिए। यो टर्मिनल शुल्क तिरेर व्यापारी, कलाकार तथा सेलिब्रेटीहरूले प्रयोग गर्न सक्ने सुविधा हो।

सुरज

Link copied successfully