प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री कार्कीले कार्य प्रगतिबारे जानकारी लिएकी हुन् ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनबारे निर्वाचन आयोगले गरिरहेको कार्य प्रगतिका विषयमा जानकारी लिएकी छिन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री कार्कीले कार्य प्रगतिबारे जानकारी लिएकी हुन् । उक्त अवसरमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, मुख्यसचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो ।
आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरूको उपस्थिति थियो ।
आगामी माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन तोकिएको छ ।
