माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी हुने

निर्वाचन आयोगले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका मन्त्रीहरुसँग छलफल गर्दै यस्तो जानकारी गराएको हो ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Election code of conduct to be issued from Magh 30

काठमाडौँ — निर्वाचन आयोगले निर्वाचनका लागि आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी गर्ने भएको छ ।

आयोगले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका मन्त्रीहरुसँग छलफल गर्दै यस्तो जानकारी गराएको हो । आयोगले निर्वाचनको तयारी तीव्र गतिमा काम गरेको भन्दै आयोग हालसम्मको प्रगतिका विषयमा जानकारी गराएको थियो । 

प्रधानमन्त्री कार्कीको उपस्थितिमा निर्वाचन आयोगले हालसम्मका तयारी र बाँकी कामका बारेमा जानकारी गराएको थियो । 

बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो । 

आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरूको उपस्थिति थियो ।

कान्तिपुर

Link copied successfully