बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला

के-के छन् नयाँ व्यवस्था ?

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Path opened to grant citizenship in mother's name to those whose father's identity is unknown

What you should know

काठमाडौँ — सरकारले नेपाल नागरिकता (चौथो संशोधन)नियमावली,२०८२ मन्त्रिपरिषद्‍बाट स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेसँगै बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयन हुने भएको हो।

नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन,२०८२ गत असोज ५ गते राष्‍ट्रपतिबाट प्रमाणीत भएको थियो। उक्त संशोधन ऐनले गरेका व्यवस्थालाई कार्यान्वयनमा लैजान नागरिकता नियमावली, २०६३ मा चौथो संशोधन गरिएको हो।

पुस ११ गते मन्त्रिपरिषद्‍बाट स्वीकृत गरेको उक्त दस्तावेज पुस २१ को नेपाल राजपत्रमा प्रकाशन भएलगत्तै त्यसलाई कार्यान्वयनमा लैजान ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत जारी गरिएको छ।

के-के छन् नयाँ व्यवस्था ?

कान्तिपुर संवाददाता

Link copied successfully