पार्टीले साहस, इमान र जोखिम तीनै कुरा त्यागिसकेको भन्दै यो विरोधाभासको हिस्सा आफू बन्न नसक्ने राजीनामापत्रमा उल्लेख गरेका छन् ।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (साबिक नेकपा माओवादी) का नेता तथा मधेश प्रदेशसभा सदस्य रहवर अन्सारीले पार्टीबाट राजीनामा दिएका छन् ।
अन्सारीले बिहीबार नेकपा संयोजक पुष्पकमल दाहाललाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । उनले साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको भन्दै यो विरोधाभासको हिस्सा आफू बन्न नसक्ने राजीनामापत्रमा उल्लेख गरेका छन् ।
दाहाललाई सम्बोधन गरेको पत्रमा हिन्दी सायरीसमेत समेटेका छन् ।
'सागर के तूफान को भी हमने बस मेँ किया है
पहाडों के चट्टानका पथ मोड दिया है
होगा न कोई हिटलर कोई नवाब
हम सर्वाहारकी आवाज: इन्कलाब इन्कलाब इन्कलाब।'
राजीनामापत्रमा भनिएको छ, 'यो गीत अब तपाईंको स्मृतिमा मात्र बाँकी छ । साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु । '
