मुलुक कालोसूचीमा पर्ने गरी दण्डहीनतालाई प्रश्रय दिइँदैन : गृहमन्त्री

'मानवअधिकार र पीडितको पक्षमा सधैं लाग्नेछु । दण्डहीनताका पक्षमा म छैन ।'

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Impunity will not be encouraged to the point of blacklisting the country: Home Minister

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य सर्त भएको बताएका छन् ।

मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा उनले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको बताएका  हुन् ।

'मानवअधिकार र पीडितको पक्षमा सधैं लाग्नेछु । दण्डहीनताका पक्षमा म छैन, मुलुक कालोसूचीमा पर्ने गरी दण्डहीनतालाई प्रश्रय दिइँदैन,' गृहमन्त्री अर्यालले भने ।

निर्वाचनको सुरक्षाका लागि सरकारले सबै व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले जनाए । जेन-जीलाई भोट हाल्न पाउने र राज्यको मूल धारमा आउने वातावरण बनाइएको उनको भनाइ थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully