कांग्रेसको विशेष महाधिवेशनका लागि जुम्लाका २६ मध्ये १९ प्रतिनिधि हिँडे

बिहीबार गाडी रिजर्भ गरेर विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान गरेका हुन्।

पुस २४, २०८२

डीबी बुढा

19 out of 26 representatives from Jumla left for the special general convention of the Nepali Congress.

जुम्ला — कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाको नेतृत्वमा १९ जना महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनका लागि काठमाडौंतर्फ लागेका छन्। बिहीबार गाडी रिजर्भ गरेर उनीहरू काठमाडौंतिर लागेका हुन्। 

उपसभापति बुढाका अनुसार जुम्लामा २६ जना महाधिवेशन प्रतिनिधि छन् । १९ जनाले यसअघि नै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसमेत गरिसकेका थिए। 

अहिले जुम्ला प्रदेश (क) का सभापति लछिमान बोहोरा, प्रदेश (ख)का कार्यवाहक सभापति कालीबहादुर बुढा, जिल्ला कार्यसमिति सचिव अर्जुनसिंह कठायतलगायतको टोली बिहीबार हिँडेको हो । २६ जना प्रतिनिधिमध्ये विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका १९ जनाको टोली गाडी रिजर्भ गरेर गएको हो। 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई विधि, विधान र राजनीतिक गतिशीलतामा फर्काउन भन्दै २७–२८ पुसमा विशेष महाधिवेशनको औपचारिक आह्वान गरेका छन् ।

अर्कोतर्फ नेतृत्वको निर्देशनमा केन्द्रीय कार्यालयले विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्रै निहित रहेको भन्दै चेतावनीयुक्त विज्ञप्ति जारी गरेको छ ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully