पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव शर्माविरुद्ध सर्वोच्चमा रिट

पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Writ filed in Supreme Court against Pashupati Area Development Fund member-secretary Sharma

काठमाडौँ — पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १८ निवासी भेषराज लुइँटेलले कोष र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाउँदै बुधबार रिट दर्ता गरेका हुन् । रिट बिहीबारका लागि पेसी सूचीमा तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । 

अनुसार सदस्य–सचिव शर्माको उमेर हदका कारण देखाउँदै नियुक्ति बदरको माग रिट निवेदनमा गरिएको छ । सरकारले कुनै पनि सार्वजनिक पदमा नियुक्तिका लागि उमेर हदको व्यवस्था कानुनमा गरेको र सर्वोच्च अदालत तथा संवैधानिक आयोगहरूमा समेत ६५ वर्षमा अवकाश हुने व्यवस्था रहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव शर्मा ७० वर्ष उमेर पूरा गरिसकेको दाबी रिट निवेदनमा गरिएको छ । 

७० वर्ष उमेर पूरा गरिसकेको व्यक्ति पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिव हुन नपाउने रिट निवेदक लुइँटेलको दाबी गर्दै उनलाई काम काजमा रोक लगाउने गरी अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ ।

कान्तिपुर

Link copied successfully