यी हुन् कांग्रेसका राष्ट्रिय सभा चुनावका ९ उम्मेदवार 

कोशीबाट राष्ट्रपतिका पूर्वसल्लाहकार थापा र सुदूरपश्चिमबाट पूर्वमहान्यायाधिवक्ता खाती उम्मेदवार

पुस २३, २०८२

कान्तिपुर संवाददाता

These are the 9 candidates for the National Assembly elections of the Congress.

काठमाडौँ — कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारहरूको टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ९ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । 

कांग्रेसका उम्मेदवारमा कोशी प्रदेशबाट सुनीलबहादुर थापा छन् । उनले केही पहिले मात्रै राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए । मधेस प्रदेशबाट धनेन्द्र पासवास र रञ्जित कर्ण उम्मेदवार बनेका छन् ।

बाग्मती प्रदेशबाट कांग्रेसले गीता देवकोटालाई उम्मेदवार बनाएको छ भने गण्डकीमा जगत तिमिल्सिना उम्मेदवार छन् । 

लुम्बिनीमा बासुदेव जंगली र चन्द्रबहादुर केसीलाई उम्मेदवार बनाएको छ । कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिमा खम्मबहादुर खाती उम्मेदवार बनेका छन् । खाती पूर्वमहान्यायाधीवक्ता हुन् । 

राष्ट्रिय सभाको चुनाव माघ ११ गतेका लागि तोकिएको छ । बुधबार मनोनयन दर्ताको समय तोकिएको छ । राष्ट्रिय सभामा कांग्रेस र एमालेले तालमेल गरेका छन् । 

कान्तिपुर

Link copied successfully