शंखरापुर पिकनिक बस दुर्घटना : ३ जनाको मृत्यु [अपडेट]

दुर्घटनामा घाइतेहरुमध्ये ३ जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Shankharapur picnic bus accident: 3 dead [Update]

काठमाडौँ — काठमाडौंको शंखरापुर नगरपालिका-३ फेदी जंगलमा बुधबार साँझ भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइतेहरुमध्ये ३ जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकमध्ये ५५ वर्षीया शान्ति गुप्ताको मात्रै परिचय खुलेको छ । 

जर्सिङपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कंदै गरेको बा ४ ख ८७८८ नं. को महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल  खसेको थियो । घटनास्थलबाट सबै जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको थियो । 

कान्तिपुर

Link copied successfully