ओलीले पहिलो पटक गरेको प्रतिनिधिसभा विघटनको फैसलाको पूर्णपाठ सार्वजनिक

संवैधानिक इजलासको नेतृत्व गरेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले फैसलाको पूर्णपाठमा हस्ताक्षर गर्न नमान्दा केही वर्षअघि नै तयार भएको पूर्णपाठ सार्वजनिक नभई रोकिएको थियो । हालै मात्र जबराले फैसलामा हसताक्षर गरेका थिए ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

Full text of Oli's first decision to dissolve the House of Representatives made public

काठमाडौँ — सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा पहिलो विघटनसम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

संवैधानिक इजलासको नेतृत्व गरेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले फैसलाको पूर्णपाठमा हस्ताक्षर गर्न नमान्दा केही वर्षअघि नै तयार भएको पूर्णपाठ सार्वजनिक नभई रोकिएको थियो । हालै मात्र जबराले फैसलामा हसताक्षर गरेका थिए । 

अदालतले मंगलबार फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो । तत्कालीन न्यायाधीश अनिलकुमार सिन्हाले १४२ पेज लामो फैसलाको राय लेखेका हुन् । 

जबरा उनीविरुद्ध प्रतिनिधिसभामा महाभियोगको प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए । त्यसअघि सर्वोच्चकै न्यायाधीश र कानुन व्यवासायीले विरोध गरेका थिए । 

महाभियोगको प्रस्तावका कारण निलम्बनकै अवस्थामा अवकाश भएका उनले आफ्नो पेन्सनपट्टा नबनेको कारण देखाउँदै फैसलाको मस्यौदामा हस्ताक्षर गर्न अस्वीकार गर्दै आएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully