बैठकले प्रदेशका प्रमुख सचिवहरुबाट प्रभावकारीरूपमा जिम्मेवारी बहन गरी निर्वाचन सम्पन्न गर्न आ–आफ्नो तर्फबाट समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ ।
काठमाडौँ — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न संघीय तथा प्रदेश सरकारबीचको समन्वय र सहकार्यलाई थप मजबुत बनाउने बारेमा छलफल भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा मंगलबार गृह सचिव, सातै प्रदेशका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुख र प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरु सहभागी बैठकमा उक्त सम्बन्धमा छलफल भएको हो ।
बैठकले प्रदेशका प्रमुख सचिवहरुबाट प्रभावकारीरूपमा जिम्मेवारी बहन गरी निर्वाचन सम्पन्न गर्न आ–आफ्नो तर्फबाट समन्वय र सहकार्य गर्ने निर्णय गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
