माघ २ गतेसम्म आफू खटिएको क्षेत्रभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी काम सुरु गर्न आयोगले भनेको छ ।
काठमाडौँ — निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ८८ जना न्याय सेवाका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।
२१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा माघ २ गतेसम्म आफू खटिएको क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनको काम गर्नसमेत आयोगले भनेको छ ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।
