एमाले दाङ २ बाट महासचिव पोखरेल एकल सिफारिस

एमाले क्षेत्रीय समन्वय कमिटिको बैठकले पोखरेललाई एकल उम्मेद्वार सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए।

पुस २०, २०८२

दुर्गालाल केसी

UML Dang 2: General Secretary Pokharel single-handedly recommended

दाङ — एमालेले दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महासचिव शंकर पोखरेललाई एकल उम्मेद्वार बनाउने निर्णय गरेको छ।

एमाले क्षेत्रीय समन्वय कमिटिको आइतबारको बैठकले पोखरेललाई एकल उम्मेद्वार सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए।

पोखरेल यस क्षेत्रबाट २०७९ को निर्वाचनमा १ सय ९३ मतान्तरले पराजित भएका थिए। २०७९ मा तत्कालीन माओवादी केन्द्र र कांग्रेस गठबन्धनकी उम्मेद्वार रेखा शर्मा २६ हजार ८ सय ८० मतले विजयी भएकी थिइन् भने पोखरेलले २६ हजार ६ सय ८७ मत प्राप्त गरेका थिए।

महासचिव पोखरेल २०७४ मा दाङ २ क बाट प्रदेशसभा सदस्यमा निर्वाचित भई लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका थिए।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully