बालेन्द्र शाह रास्वपाको वरिष्ठ नेता
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाका मेयर तथा पार्टीबाट आगामी प्रतिनिधिसभा चुनावपछि प्रधानमन्त्रीका उम्मेदवार घोषित बालेन्द्र शाहसित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको छ ।
आइतबार साँझ बसेको केन्द्रीय समितिको दोस्रो बैठकले शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । 'यस बैठकले काठमाडौंका मेयर बालेन्द्र शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यको रुपमा अनुमोदन गरेको छ,' झाले भने ।
त्यसरी केन्द्रीय सदस्य बनेकाहरूले सभापति रवि लामिछानेसमक्ष शपथग्रहण गरेका छन् । पुस १३ मा रास्वपा र बालेन्द्र शाहबीच एकताबद्ध भएर अगाडि बढ्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बालेन्द्रलाई आगामी चुनावपछि बहुमत आएको अवस्थामा प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।
![These are the central members of the Balendra Shah faction of the Rashtriya Swayamsevak Sangh (RSS) [List]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/e8d02da9-c198-42fc-9a66-a9ea9bc0f0ef-0412026035516-1000x0.jpg&w=1001&h=0)