२३–२४ भदौको घटनाबारे ओलीसँग मानव अधिकार आयोगको सोधपुछ

मानव अधिकार आयोगले २३–२४ भदौको घटनाबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोधपुछ गरेको हो ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

Human Rights Commission questions Oli about the 23-24 Bhadra incident

काठमाडौँ — मानव अधिकार आयोगले २३–२४ भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ ।

आयोगले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा भएको मानव अधिकार हनन र दमनका विषयमा अलग्गै छानबिन गरिरहेको छ । आयोगले हालसम्म १४६ जनासँग बयान लिएको छ ।

आयोगले चार वटा विषयमा विभाजन गरेर छानबिन गरिरहेको छ । 

७ पुसमा आयोगमा पुगेर काठमाडौं महानगरपालिका मेयर बालेन शाहले पनि २३ र २४ भदौका विषयमा बयान दिएका थिए । 

कान्तिपुर

Link copied successfully