लागूऔषध ओसारपसारको आशंकाम चेकजाँचका लागि खदाङस्थित प्रहरी चौकीभन्दा तीन किलोमिटर टाढा पर्ने छेप्के पुलमा पुगेका चार जना प्रहरीविरुद्ध मुद्दा दर्ता गर्ने सहमति भएको हो ।
डोल्पा — डोल्पामा स्थानीय एक युवक बेपत्ता भएको विषयलाई लिएर सुरु भएको विवाद समाधानका लागि भएको वार्तामा मौखिक सहमति जुटेको छ । त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित प्रहरी चौकी त्रिपुराकोटमा स्थानीय र प्रहरीबीच भएको वार्तामा दुुई पक्षबीच मौखिक सहमति जुटेको हो ।
आइतबार अपराह्न करिब दुई घन्टा चलेको वार्तामा घटनामा संलग्न चार जना प्रहरीलाई मुद्दा चलाउने सहमति जुटेको पीडित पक्षका तर्फबाट वार्तामा सहभागी स्थानीय बुद्धिजीवी जंगबहादुर रोकायले कान्तिपुरलाई बताए ।
उनका अनुसार प्रहरीमा मुद्दा दर्तापछि जारी अनिश्चितकालीन यातायात बन्द फिर्ता लिने सहमति भएको छ । मुद्दा दर्ता गर्न श्रीमतीसहितका आफन्त अहिले जिल्ला प्रहरी कार्यालयमै रहेका छन् ।
लागूऔषध ओसारपसारको आशंकाम चेकजाँचका लागि खदाङस्थित प्रहरी चौकीभन्दा तीन किलोमिटर टाढा पर्ने छेप्के पुलमा पुगेका चार जना प्रहरीविरुद्ध मुद्दा दर्ता गर्ने सहमति भएको हो । प्रहरीले चेकजाँच गर्न खोजेपछि युवक आत्तिएर भेरी नदीमा हाम फालेर बेपत्ता भएका थिए ।
