एमालेको समानुपातिक सूचीमा झापाबाट पूर्वमन्त्रीदेखि पूर्वप्रदेश प्रमुखका श्रीमतीसम्म

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट मात्रै नौ जना समानुपातिक सूचीमा परेका छन्। जसमा पूर्वमन्त्रीदेखि पूर्वप्रदेश प्रमुखका श्रीमतीसम्म छन्।

पुस १९, २०८२

नवराज सुवेदी

From former minister to wife of former provincial chief from Jhapa, UML's proportional list includes

What you should know

झापा — नेकपा एमालले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा सबैभन्दा धेरैको प्रतिनिधित्व रहेको जिल्ला हो झापा ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापाबाट मात्रै नौ जना समानुपातिक सूचीमा परेका छन् । जसमा पूर्वमन्त्रीदेखि पूर्वप्रदेश प्रमुखका श्रीमतीसम्म छन् ।

गत पुस १४ मा आयोगमा बुझाएको बन्दसूची अनुसार झापाबाट जितु दर्जी गौतम, लता प्रसाईं, अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेनुका काˆले, नीता घतानी, सोम पोर्तेल र बिना साह महतो परेका छन् ।

एमाले झापा जिल्ला कार्यालय सचिव छविलाल विश्वकर्माका अनुसार बन्दसूचीमा दलित पुरुष क्लस्टरबाट परेका जितु दर्जी गौतम यसअघि पनि समानुपातिक कोटाबाट सांसद भएर सामान्य प्रशासन राज्यमन्त्री भइसकेका हुन् भने उनी संविधानसभा सदस्य पनि हुन्।  

यसैगरी, बागमती प्रदेशका पूर्वप्रदेश प्रमुख विष्णु प्रसाईंकी श्रीमती लता प्रसाईं पनि एमालेको समानुपातिक बन्दसूचीमा परेकी छिन् । उनी खसआर्य महिला क्लस्टरबाट समानुपातिक सूचीमा परेकी हुन् ।

यसैगरी, २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाको कमल गाउँपालिकाको अध्यक्षमा निर्वाचित मेनुका काफ्लेलाई पनि एमालेले बन्दसूचीमा समेटेको छ । उनी पनि खसआर्य महिला क्लस्टरबाट समानुपातिक सूचीमा परेकी हुन् ।

खसआर्य महिला क्लस्टरबाटै समानुपातिक सूचीमा परेकी नर्मदादेवी सिवाकोटी पार्टीको कोशी प्रदेश कमिटी सदस्य रहेकी कार्यालय सचिव विश्वकर्माले जानकारी दिए।

दलित पुरुष क्लस्टरबाट समानुपातिक सूचीमा परेका सोम पोर्तेल झापा जिल्ला समन्वय समितिका पूर्वप्रमुख हुन् भने मधेशी महिलाबाट परेकी बिना साह महतो पार्टीको जिल्ला कमिटी सदस्य तथा दमक नगरपालिकाको कार्यपालिका सदस्य हुन् ।

जनजाति महिला कलस्टरबाट परेकी अनिता सुब्बा पार्टीको जिल्ला कमिटी उपसचिव, जनजाति पुरुषबाट परेका विद्यानन्द राजवंशी कोशी प्रदेश कमिटि सदस्य तथा गौरीगञ्ज गाउँपालिका ईन्चार्ज तथा दलित महिलाबाट परेकी निता घतानी पनि पार्टीको कोशी प्रदेश कमिटि सदस्य रहेको कार्यालय सचिव विश्वकर्माले जनाए ।

समानुपातिक बन्दसूचीमा एमाले अध्यक्ष ओलीको गृहजिल्लाबाट मात्रै धेरै परेका होइनन् । गृहक्षेत्रबाट बन्दसूचीमा पर्नेको संख्या पनि जिल्लाको अन्य क्षेत्रको भन्दा धेरै छ ।

झापामा ५ वटा निर्वाचन क्षेत्र छन् । जसमा झापा ५ ओलीको क्षेत्र हो । समानुपातिक सूचीमा झापा ५ बाट ३ जना समेटिँदा १ र ४ क्षेत्रबाट १/१ जना परेका छन् ।

यसैगरी झापा ३ बाट २ जना र क्षेत्र २ बाट २ जना समानुपातिक सूचीमा परेका कार्यालय सचिव विश्वकर्माले जानकारी दिए ।

नवराज सुवेदी

Link copied successfully