जहाज दुर्घटनास्थलमा रोकिँदा यात्रुहरु अड्किएका थिए र इमरजेन्सी ढोका एयर होस्टेसहरुले खोल्न नदिएको बेला स्थिति झन् जटिल बन्दै गएको थियो ।
विराटनगर — शुक्रबार राति भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लिएर दुर्घटनामा परेको घटनामा पाँचथरका उमेश मोक्तान पनि थिए । मोक्तानसँगै जहाजमा ५१ जना यात्रुहरु थिए ।
जहाज दुर्घटनास्थलमा रोकिँदा यात्रुहरु अड्किएका थिए र इमरजेन्सी ढोका एयर होस्टेसहरुले खोल्न नदिएको बेला स्थिति झन् जटिल बन्दै गएको थियो ।
तर, उमेशले सहास जुटाएर ढोका खोले । जसले गर्दा सबै यात्रुले जीवनदान पाए ।
उमेशले भने, ‘एयर होस्टेसहरुले नखोल्न भन्दै थिए । तर मैले लात्ती प्रयोग गरेर ढोका खोलेँ, त्यसपछि सबै यात्रु डरले बाहिर निस्किए । ढोका नखुलेको भए धेरैजना किचिएर मर्ने वा घाइते हुने अवस्था हुन्थ्यो ।’