सर्वोच्चको आदेश- 'समानुपातिक बन्दसूचीमा अपांगता भएका व्यक्तिलाई पनि समेट्नू'

दलहरुलाई पुस २७ सम्म संशोधनको समय भएकाले सो अवधिभित्र अपांगता भएका व्यक्तिहरुलाई समेट्न सर्वोच्चले आदेशमा भनेको छ ।

पुस १८, २०८२

कान्तिपुर संवाददाता

Supreme Court orders: 'Include people with disabilities in the proportional exclusion list'

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनकाे समानुपातिककाे बन्दसूचीमा अपांगता भएकाहरुको नाम समावेश गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेकाे छ ।

माधव चम्लागाईले दायर गरेकाे रिटमा सर्वाेच्चले अन्तरिम आदेश जारी गरेकाे हाे । न्यायाधीश हरि फुयाल र टेकप्रसाद ढुंगानाको इजालसले कुनै दलले बन्दसूचीमा अपांगता भएका व्यक्तिहरुको नाम समावेश नगरेको भए सच्याएर समावेश गरी पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको हो ।

दलहरुलाई पुस २७ सम्म संशोधनको समय भएकाले सो अवधिभित्र अपांगता भएका व्यक्तिहरुलाई समेट्न सर्वोच्चले आदेशमा भनेको छ । पुस २८ देखि माघ ३ सम्म दलले मिलाएको बन्दसूची जाँच गरिने आयोगले जनाएको छ । आगामी माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ ।

Supreme Court orders: 'Include people with disabilities in the proportional exclusion list'

Supreme Court orders: 'Include people with disabilities in the proportional exclusion list'

Supreme Court orders: 'Include people with disabilities in the proportional exclusion list'

कान्तिपुर संवाददाता

Link copied successfully