अर्जुनधारा नगरपालिकाका मेयर गोम्देन भन्छन्– ‘हाम फालेर ज्यान जोगाइयो’

‘यदि दैलो (झ्याल) नफुटाइएको भए हामी भित्रै चेप्टिएर मर्ने थियौँ’, जहाजका यात्रु रहेका अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देनले भने, ‘हामी सबै हाम फालेर बाहिर निस्कियौं, ज्यान बचायौँ।’

पुस १८, २०८२

कान्तिपुर संवाददाता

Arjundhara Municipality Mayor Gomden says – ‘Lives were saved by jumping’

विराटनगर — शुक्रबार राति भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज अवतरणको क्रममा नियन्त्रण बाहिर गएर दुर्घटनामा पर्‍यो । जहाज रनवेमा ल्यान्ड गर्न लाग्दा अचानक ब्रेक नलाग्दा जहाज चिप्लिएको थियो ।

यात्रुहरूका अनुसार दुर्घटनाको समयमा सबैमा डर फैलिए पनि साहससाथ जीवन जोगाए । ‘यदि दैलो (झ्याल) नफुटाइएको भए हामी भित्रै चेप्टिएर मर्ने थियौँ’, जहाजका यात्रु अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देनले भने, ‘हामी सबै हाम फालेर बाहिर निस्कियौं, ज्यान बचायौँ।’

घटनामा जहाजमा रहेका ५१ जना यात्रु सबै सकुशल बाहिर निकालिएका छन् । प्रशासन र प्रहरी टोलीले तत्काल यात्रुहरुलाई सुरक्षित स्थलमा पुर्‍याउने काम गरेको छ ।

धेरै यात्रुहरु अवतरणको समयमा भय र त्रास भोगेका छन् । घटनास्थलमा जहाज र रनवेको अवस्था जाँच भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जनाए ।

कान्तिपुर

Link copied successfully