तत्कालीन गृहमन्त्री लेखकको स्थानहद फुकुवा

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले दुई दिन लेखकसँग बयान लिएको थियो ।

पुस १७, २०८२

कान्तिपुर संवाददाता

The term of office of the then Home Minister, Lekhak, has been revoked.

What you should know

काठमाडौँ — तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा भएको छ । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले बिहीबार लेखकको स्थानहद फुकुवा गरेको हो ।

आयोगले भदौ २३ र २४ गतेको घटनाको छानबिन र जाँचबुझका लागि भन्दै लेखकसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, तत्कालीन  गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन जिल्ला अधिकारी छविलाल रिजाल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो । गत असोज १२ गते आयोगको उक्त निर्णयमा उनीहरूलाई स्वीकृतिबेगर उपत्यकासमेत छाड्न नपाउने पनि भनिएको थियो ।

The term of office of the then Home Minister, Lekhak, has been revoked.

यसअघि पूर्वगृहसचिव, पूर्वआईजीपी र काठमाडौंका पूर्वप्रजिअको भ्रमण फुकुवा भइसकेको छ । 

यसैबीच २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले एमाले अध्यक्षसमेत रहेका ओलीलाई बयानका लागि बोलाउने तयारी भएको जानकारी दिएका हुन् ।

आयोगले लेखकसँग सोमबार र बुधबार दुई दिन बयान लिएको थियो । अब तत्कालीन प्रधानमन्त्री ओलीको मात्र बयान बाँकी छ । ओलीलाई करिब एक साताको अवधि दिएर बयानमा बोलाउने योजना छ । उनका लागि प्रश्नपत्र पनि तयार भइसकेको आयोगले जनाएको छ ।

कान्तिपुर

Link copied successfully