आजदेखि अध्यागमनको ´विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली´ लागू

काठमाडौं उपत्यकाका तारे होटल प्रणालीमा आवद्ध 

पुस १७, २०८२

कान्तिपुर संवाददाता

Immigration's 'Foreign Citizen Management Information System' to be implemented from today

What you should know

काठमाडौँ — अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधि निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक ´विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली´लागू गरेको छ । 

विभिन्न भिसामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुन विपरीत अरु नै गतिविधिमा संल्लग्न हुन नदिन निगरानी, नियमन र व्यवस्थापन तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको हो । 

विभागका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटल, ट्राभल एजेन्सी, मनि एक्स्चेन्ज लगायतमा यो प्रणाली लागू गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । 

दोस्रो चरणमा उपत्यका बाहिरका होटल, ट्राभल एजेन्सीलगायतमा लागू गर्ने विभागको तयारी छ । नेपालमा एउटा भिसा प्रयोजनमा भित्रिएका विदेशी अरु नै गतिविधिमा संलग्न हुने गरेको, ओभर स्टे, अन्य फौजदारी कसुरलगायतमा सक्रिय हुने गरेकोले कारबाहीको दायरामा ल्याउन देखि यात्रामा रहेकालाई सहजीकरण गर्न एकीकृत संयन्त्र वकास गर्न लागिएको महानिर्देशक तिवारीले बताए । 

नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विभागले यो प्रणाली विकास गरिएको हो । यसबाट नेपाल भित्रिएका विदेशी नागरिक बसेको, उनीहरु कुन ठाउँमा रहेको, भिसा कानुन अनुसार भएनभएकोलगायत जानकारी प्रणाालीमा आवद्ध संस्थाले विभागलाई आवद्ध प्रणाालीबाटै दिनुपर्ने छ ।

विदेशी नागरिक होटलमा बसेको र बाहिरिएको विवरण प्रणालीबाटै अध्यागमनलाई जानकारी गराउनुपर्ने छ । 'हाम्रो सीमाभित्र जुनसुकै प्रयोजनका लागि विदेशी नागरिक आउँछन्, उनीहरूको गतिविधि राज्यको सूचनामा हुनु आवश्यक, त्यसैका लागि यो प्रणाली लागू गरिएको हो,' महानिर्देशक तिवारीले भने ।

विदेशी नागरिक तथा पर्यटकहरूको सुरक्षा र आवश्यक परेको बेलामा राज्यले दिने सुविधा तथा उद्धारको सहजता, नेपालमा भिसा विपरीत वा प्रचलित कानुन, सामाजिक मूल्य, राजनीतिक वा आर्थिक चाखविपरीत गतिविधि भए तुरुन्तै पहिचान गर्न सहजतालगायतमा यसबाट सहज हुने जनाइएको छ । 

उनका अनुसार, सेवा प्रदायक संस्थाले प्रत्यक्ष रूपमा विभागको प्रणालीमा सूचना राख्नुपर्ने  आफ्नै प्रणालीसँग जडान गरेर सूचना पठाउन सक्ने व्यवस्था मिलाइएको छ । विभागले यस प्रणालीले पर्यटक नफर्केसम्म आवश्यक परेको बेला उनीहरू कहाँ छन् भन्ने जानकारी राज्यलाई दिन पर्ने छ । अध्यागमन प्रशासन राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण रहेकोले सोहीअनुसार व्यवस्थापन आवश्यक रहेको उनले बताए । 

यसका लागि स्टेक होल्डर सबैको जिम्मेवारी रहेको र भित्रिने यात्रुमाथि नियमन हुनु पर्ने उनको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully