सशस्त्र प्रहरीको गोलीबाट मृत्यु: सुनसरी प्रशासनमा वार्ता जारी

तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीले बुधबार राति १ बजेतिर गोली चलाउँदा ४५ वर्षीय शाहको घटनास्थलमै मृत्यु भएको थियो।

पुस १७, २०८२

अर्जुन सुवेदी

Death by gunfire from Armed Police Force: Talks continue in Sunsari administration

सुनसरी — सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय विजय शाहको मृत्यु भएपछि उत्पन्न तनाव साम्य पार्न बार्ता सुरु भएको छ।

गोली लागेर स्थानीयको मृत्यु भएपछि क्षेत्रको अवस्था अहिले पनि तनावग्रस्त छ। 

समस्या समाधानका लागि जिल्ला प्रशासन सुनसरीमा पीडित परिवार, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकाय बीच वार्ता भइरहेको हो । वार्तामा सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका डिआइजी कुमार न्यौपाने आफै सहभागी भएका छन्। 

समस्या समाधानको लागि वार्ता भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए। 

तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीले बुधबार राति १ बजेतिर गोली चलाउँदा ४५ वर्षीय शाहको घटनास्थलमै मृत्यु भएको थियो। सीमावर्ती क्षेत्रबाट दुई/तीन वटा सीटी सफारी तथा अटो रिक्सामा चोरी तस्करी गरी मालसामान ल्याउँदै गर्दा प्रहरीसँग दोहोरो भीडन्त भएको सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका डिआइजी कुमार न्यौपानेले बताए।

डिआइजी न्यौपानेका अनुसार तस्करीमा संगलग्नहरुले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाही गर्दा शाहको मृत्यु भएको हो । 

सशस्त्र प्रहरीले शाहको 'हत्या गरेको' भन्दै आक्रोशित स्थानीय बासिन्दाले प्रदर्शन गरेपछि लौकही बजार तनावग्रस्त बनेको छ । पूर्वपश्चिम राजमार्गस्थित लौकही बजारमा मृतक साहको शव राखेर उनीहरुले यातायात ठप्प बनाएका छन् भने सशस्त्र प्रहरी बलको बिटमा आगजनी गरेका छन् ।

स्थानीयले प्रहरीमाथि ढुंगामुढासमेत गरेका छन्, प्रहरीले भिड तितरबितर पार्न हवाई फायर गरेको छ ।

अर्जुन

Link copied successfully