वनभोज खान हेटौंडाबाट हेलिकप्टर चढेर सिरहा आए मुख्यमन्त्री बानियाँ

सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको वनभोज खान मुख्यमन्त्री बानियाँ हेलिकप्टर चढेर आएका हुन्

पुस १७, २०८२

विनय आजाद

Chief Minister Baniya arrives in Siraha by helicopter from Hetauda for a forest feast

सिरहा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ वनभोज खान हेलिकप्टर चढेर सिरहा आएका छन् । सिरहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको वनभोज खान मुख्यमन्त्री बानियाँ यहाँ आएका हुन् ।

अंग्रेजी नयाँ वर्षको अवसर सभापति यादवले धनगढीमाई नगरपालिका-१४ स्थित सर्रेअम्बासमा वनभोज आयोजना गरेका थिए । मुख्यमन्त्री बानियाँ सोही वनभोजमा माउन्टेन एयरको हेलिकप्टर चढेर हेटौंडाबाट यहाँ आएका थिए ।

Chief Minister Baniya arrives in Siraha by helicopter from Hetauda for a forest feastयसका अलावा वनभोजमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री जंगीलाल राय पनि आइपुगेका थिए । उनीहरू भने सरकारी गाडी प्रयोग गरी वनभोज खान आइपुगेका हुन् ।

Chief Minister Baniya arrives in Siraha by helicopter from Hetauda for a forest feastयस विषयमा मुख्यमन्त्री बानियाँसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् । बानियाँका स्वकीय सचिव मिलन पुडासैनीले भने आफ्नो व्यक्तिगत खर्चमा उनी हेलिकप्टर चढेर सिरहा गएको दाबी गरे ।

Chief Minister Baniya arrives in Siraha by helicopter from Hetauda for a forest feast'मुख्यमन्त्रीज्यू र सभापतिज्यूको संविधानसभा सदस्य हुँदादेखि निकटता छ, त्यसै हिसाबले उहाँ त्यहाँ जानुभएको हो,' पुडासैनीले कान्तिपुरसित भने, 'तर, उहाँले व्यक्तिगत खर्चमा हेलिकप्टर प्रयोग गर्नुभएको हो ।'

Chief Minister Baniya arrives in Siraha by helicopter from Hetauda for a forest feastवनभोज कार्यक्रममा सभापति यादवनिकट जिल्लाका नेता कार्यकर्ता पनि आएका थिए । हेलिकप्टरमा मुख्यमन्त्री आउने भएपछि हेर्नका लागि आमन्त्रित नगरिएका आसपासका बस्तीका सर्वसाधारण पनि आइपुगेका थिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully