बाबु सुधनले जुन भूमिका निर्वाह गर्नुभयो, यो देशले सय वर्षसम्म पनि बिर्सनेछैन : बालेन्द्र

'देश बनाउनुपर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ ? त्यो नै महत्वपूर्ण हुन्छ ।'

पुस १५, २०८२

कान्तिपुर संवाददाता

This country will not forget the role played by Babu Sudhan even for a hundred years: Balendra

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले द काउन्सिल अफ जेन–जीका सुधन गुरुङको प्रशंसा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा शाहले लेखेका छन्, 'देश बनाउनुपर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ ? त्यो नै महत्वपूर्ण हुन्छ । बाबु सुधन गुरुङज्यूले जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सनेछैन । लभ यू, ब्रदर ।'

गएराति राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र मेयर शाहले आगामी चुनावमा एक भएर अघि बढ्ने सहमति गरेका छन् । सोमबार बिहानै फेसबुकमा शाहले यही विषयलाई जोड दिँदै गुरुङको प्रशंसा गरेका हुन् ।

आइतबार बिहान रास्वपा र मेयर शाहबीच ७ बुँदे सहमति भएको थियो भने गएराति उनेपा र रास्वपाबीच पनि एकताको सहमति भएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully