सडक चिप्लो  हुँदा दाउन्नेमा सवारी साधनको लामो जाम

सोमबार बिहानदेखि सडक चिप्लो हुँदा सवारी साधन उकालो चढ्न नसक्दा लामो जाम लागेको हो ।

पुस १४, २०८२

नवीन पौडेल

Long traffic jam in Daunne due to slippery road

परासी — विस्तारको क्रममा रहेको बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत दाउन्नेमा सडक चिप्लो हुँदा सवारी साधनको लामो जाम लागेको छ ।

आइतबार पश्चिम नवलपरासीतर्फ सवारी साधन बिग्रेका कारण सवारी साधन जाम भएको र त्यसपछि सोमबार बिहानदेखि सडक चिप्लो हुँदा सवारी साधन उकालो चढ्न नसक्दा लामो जाम लागेको हो । 

शीतलहरमा लामो समय जाममा बस्नुपर्दा यात्रुले सास्ती भोग्नु परेको छ  । पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधन संचालनमा आए पनि जोखिम बढी भएकाले बर्दघाटतर्फ नै रोकिएका छन् ।  दाउन्ने खण्डको १४ किलोमिटर पार गर्न अहिले ५/६ घन्टा लाग्ने गरेको छ । 

पश्चिमतर्फ भुमहीसम्म र पूर्वतर्फ अरुणखोलासम्म जाम लागेको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully