वैदेशिक रोजगारीका लागि साउदी जाने मंसिरमा सबैभन्दा धेरै

युएईको भिसा कडाइ भएपछि मंसिरमा पहिलो गन्तव्य देश साउदी अरब देखिएको हो ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

The highest number of people going to Saudi Arabia for foreign employment in Manges

काठमाडौँ — वैदेशिक रोजगारीमा सबैभन्दा बढी मंसिर महिनामा नयाँ श्रम स्वीकृति लिई साउदी अरबमा गएका छन् । साउदी अरबमा ६४ सय ४२ जना गएका हुन् । जसमा ८५ जना महिला श्रमिक रहेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार भदौसम्म सबैभन्दा बढी श्रमिक जाने देश संयुक्त अरब इमिरेट्स (युएई) रहेको थियो । युएईको भिसा कडाइ भएपछि मंसिरमा पहिलो गन्तव्य देश साउदी अरब देखिएको हो । महिनामा सरदर १५ हजार नेपाली उडिरहेको युएई मंसिरमा जम्मा १६ सय ४२ जना मात्रै उडेका छन् ।

युएईले प्रहरी प्रतिवेदन हेरेर भिसा जारी गर्ने नीति लिए पनि अझै भदौको जसरी श्रमिकको लागि भिसा जारी गरेको छैन । साउदी अरबपछि प्रमुख गन्तव्य रहेको कतारमा पनि ३८ सय ६१ जना गएका छन् ।

मलेसिया जानेको संख्या ३४ सय ४० रहेका छन् । मलेसिया सरकारले पनि अझै सबै क्षेत्र खोलिसकेको छैन ।

रोमानिया भने १२ सय ४६ जना गएका छन् । विभागका अनुसार मंसिर महिनामा नयाँ श्रम स्वीकृति लिई जानेको संख्या २८ हजार ६ सय ६४ जना रहेका छन् । नेपालमा बिदामा आएर जानेको संख्या भने ३६ हजार ८७ जना रहेका छन् ।  

कान्तिपुर

Link copied successfully