मोहन बस्नेत मुछिएको टेरामक्समा सर्वोच्चको निर्णय झिकाउने विशेष अदालतको आदेश 

आइतबार न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले कांग्रेस नेता मोहनबहादुर बस्नेतसमेत जोडिएको भ्रष्टाचार मुद्दामा सर्वोच्चको आदेश पेस गर्न भनेको हो ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

Special court orders Supreme Court to withdraw decision on Terramax involving Mohan Basnet

काठमाडौँ — टेरामक्स खरिद प्रकरणको मुद्दामा विशेष अदालतले सर्वोच्च अदालतको निर्णय झिकाउन आदेश गरेको छ ।

आइतबार न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले कांग्रेस नेता मोहनबहादुर बस्नेतसमेत जोडिएको भ्रष्टाचार मुद्दामा सर्वोच्चको आदेश पेस गर्न भनेको हो ।

नेपाली कांग्रेस नेता बस्नेतमाथि सञ्चारमन्त्री हुँदा उनीसहितले नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) उपकरण तथा प्रणाली खरिदमा ३ अर्ब २१ करोड ८३ लाख घोटाला गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ जेठ १ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully