नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ, मन्त्रिपरिषद् बन्यो १५ सदस्यीय

नेपाली सेनाका पूर्वरथी शर्मा तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि सेना समायोजन प्राविधिक समितिका संयोजक थिए ।

पुस ११, २०८२

कान्तिपुर संवाददाता

Newly appointed Foreign Minister Sharma takes oath, cabinet becomes 15-member

काठमाडौँ — नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले उनलाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् । अब मन्त्रिपरिषद् १५ सदस्यीय बनेको छ । 

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।

शर्मा नेपाली सेनाका पूर्वरथी हुन् । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि उनी सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत थिए ।

शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गरेका थिए । सेनाको विभिन्न तहमा नेतृत्वदायी भूमिकामा रहेका उनी अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थसमेत झन्डै ४ वर्ष खटिएका थिए । मा‌ओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न शर्माको महत्त्वपूर्ण भूमिका थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully