राष्ट्रिय सभाको आउँदो अधिवेशनका बैठकहरू सञ्चालन गर्न कृषि समितिको बैठक कक्षलाई आवश्यक मर्मत गर्ने कार्य भइरहेको संघीय संसद्का उपसचिव अधिराज राईले जानकारी दिए ।
काठमाडौँ — रष्ट्रिय सभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षबाट सञ्चालन गर्ने तयारी भइरहेको छ ।
राष्ट्रिय सभाको आउँदो अधिवेशनका बैठकहरू सञ्चालन गर्न कृषि समितिको बैठक कक्षलाई आवश्यक मर्मत गर्ने कार्य भइरहेको संघीय संसद्का उपसचिव अधिराज राईले जानकारी दिए ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा गत भदौमा जेन-जी आन्दोलनका क्रममा आन्दोलनकारीले आगजनी गरेर क्षति पुर्याएपछि राष्ट्रिय सभा बैठकका लागि कृषि समितिको हलबाट बैठक सञ्चालनको गृहकार्य अघि बढाइएको हो । अहिले बैठक कक्षमा फर्निचर व्यवस्थापनदेखि बाटो मर्मतको कार्य भइरहेको उनले बताए ।
‘राष्ट्रिय सभाको अर्को अधिवेशनका बैठकहरू सञ्चालन गर्नको लागि हामीले पुरानै राष्ट्रिय सभाको सभाकक्षलाई नै मर्मत गरेर सभाका बैठकहरु सञ्चालन गर्नको लागि तयारी गरिरहेका छौँ । अहिले त्यहाँभित्रको फर्निचर व्यवस्थापनको कामहरु धमाधम भइरहेको छ । त्यो अन्तिम चरणमा पुगेको छ,’ उनले भने ।